Skip to content
LAXMI SUNRISE BANK

कोभिडले सार्क क्षेत्रको रोजगारीमा परेको प्रभावबारे छलफल

अर्थ सरोकार

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड-१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ-आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा गम्भीर छलफल गरेका छन् ।

बिल्डिङ रेजिलियन्स फर फ्यूचर अफ वर्क एण्ड पोष्ट कोभिड-१९ को विषयमा आयोजित कार्यक्रममा दक्षिण एशियाका नेपाल लगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रमलाई संवोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौतीहरू देखापरेको बताएका थिए ।

सभापति संघाईले यी चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक भएको जानकारी दिए । यसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेकोमा संघाईको जोड थियो ।

कार्यक्रममा आइएलओका देशिय निर्देशक डा. रिचार्ड हवार्डले आइएलओ दिल्लीका वरिष्ठ विशेषज्ञ रवि पेरिस, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, आइएलओ काठमाडौं र दिल्ली अफिसका वरिष्ठ विज्ञहरू, सार्कटुकका महासचिव लक्ष्मण बस्नेतले पनि कार्यक्रमलाई संवोधन गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK