काठमाडौं । नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । बैंकले शुक्रवार बुटवल उपमहानगरपालिका -९ चौराहाबाट औपचारिक रुपमा सेवा सुरु गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिएका छन् ।
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा शाखाको उद्धघाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीले बताएका थिए ।
नेपालभर २ सय २६ शाखा कार्यालय र १ सय ९९ एटिएम शाखा रहेका छन् । बैंकले ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशभरका २३ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।