×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सले असार ३ गतेबाट १३ लाख ८० हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने, कति छ भाउ ?

अर्थ सरोकार

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार

PRIME CA

समृद्धि फाइनान्सले असार ३ गतेबाट १३ लाख ८० हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने, कति छ भाउ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार ३ गतेबाट उक्त सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । उक्त  सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । 
संस्थापक समूहको सेयरमा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट नक्साल काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन सकिनेछ । 
यस्तै बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट र ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असार १० गतेसम्म उक्त सेयरमा आवेदन दिन पाउनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: