×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्ने प्रस्तावसहित सानिमा बैंकले साधारणसभा डाक्यो, १९ गतेदेखि बुक क्लोज हुने

PRIME CA

लाभांश पारित गर्ने प्रस्तावसहित सानिमा बैंकले साधारणसभा डाक्यो, १९ गतेदेखि बुक क्लोज हुने

१६ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लाभांश पारित गर्ने प्रस्ताव सहित सानिमा बैंकले साधारणसभा आवह्वान गरेको छ । बैकको वार्षिक साधारणसभा  पुस ३ गते आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको हो ।

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि सानिमाको मंसिर १९ गते बुक क्लोज हुने भएको छ ।

तसर्थ, मंसिर १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ ।

साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुने भएको छ । यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: