×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फिफा वर्ल्ड कप २०२२ थिम सहित बिजबजारको मङ्सिर महिनाको ‘२० मा बिज’ सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फिफा वर्ल्ड कप २०२२ थिम सहित बिजबजारको मङ्सिर महिनाको ‘२० मा बिज’ सुरु

Artha Sarokar

१९ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवम् विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक क्याम्पियन अन्तर्गतको मङ्सिर महिनाको क्याम्पियन फिफा वर्ल्ड कप २०२२ थिम सहित लाइभ गरी सकेको छ भने क्याम्पियनका केही योजनाहरू मङ्सिर २२ गते सम्म लाइभ हुने कम्पनीले बताएको छ ।

यही मङ्सिर २० गतेका दिन बिजबजारले Visionova Recreation Centre बाट आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

कम्पनीले THE BIZ QUIZ 1, Cross Bar Challenge, Dizzy Goal Challenge, SPOT THE BALL , Guess the footballer from their childhood picture जस्ता क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ भने सो क्रियाकलापका विजेताहरूले आकर्षक Gift Voucher प्राप्त गर्ने छन् । सो योजना अन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पियनमा निम्न अनुसार छुट समेत प्राप्त गर्ने छन्।

  • Home Appliances – Winter Ready Home – 50%
  • Mahaboudha – Exclusively Mahaboudha – 75%
  • Gadgets (Mobile, Laptop) – Tech मास्टर – 74%
  • Sports – World Cup ko Craze – 32%
  • Fashion – Keep it Warm – 82%
  • The Wedding Season – The बिहे Season – 72%
  • Miscellaneous – 74%

२० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पियन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाईन शपिङ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप-टप वा डेस्क-टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै  www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी