×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडक विस्तार गर्दा फाइबर काटिएपछि एनसेलको सेवामा समस्या

PRIME CA

सडक विस्तार गर्दा फाइबर काटिएपछि एनसेलको सेवामा समस्या

२२ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको बताएको छ । बिहीबार बिहानदेखि नै एनसेलको सेवामा समस्या देखिएको थियो ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ । ‘अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ एनसेलले भनेको छ ।

‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ,’हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं ।’

कम्पनीले अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: