काठमाडौं । आँधीखोला लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको सीवाईसी नेपाल लघुवित्तको सेयर कारोबार नेप्सेले फुकुवा गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सीवाईसीको आधारभूत सेयरधनि बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका अनुसार मर्जर प्रक्रियामा रहेको सीवाईसीले सेयर कारोबार फुकुवा गर्न अनुरोध गरेसँगै नेप्सेले कारोबार फुकुवा गरिदिएको हो । अव लघुवित्तको कारोबार मंसिर २५ गते आइतबारदेखि पुन: सुरु हुनेछ ।
सीवाईसी नेपाल र आँधिखोला लघुवित्त एक आपसमा मर्ज हुने सम्झौता भएसँगै नेप्सेमा यी दुई लघुवित्तको सेयर कारोबार रोक्का भएको थियो । हाल सीवाईसी लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय रुपैयाँ रहेको छ भने आँधिखोला लघुवित्तको ११ करोड ९० लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्