×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंक : सेवाको ‘उत्तरार्द्ध’मा आउँदै गर्दा कहाँ-कहाँबाट दिइरहेछ सेवा ? यस्तो छ शाखा सञ्जालको विस्तृत विवरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी बैंक : सेवाको ‘उत्तरार्द्ध’मा आउँदै गर्दा कहाँ-कहाँबाट दिइरहेछ सेवा ? यस्तो छ शाखा सञ्जालको विस्तृत विवरण

Artha Sarokar

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड केहि समयपछि ‘प्रभु बैंक लिमिटेड’ हुँदैछ । यसको सबै तयारी बैंकले गरिसकेको छ । आफ्नो सेवाको उत्तरार्द्धतिर आउँदै गर्दा बैंकको सेवा देशभर पुगेको छ । भौगोलिक विविधताले सुगमदेखि दुर्गमसम्म विभाजित गरेको नेपाली भुगोलमा बैंकिङ पहुँच पुर्याउन सेञ्चुरी कमर्सियल बैंकको भूमिका उल्लेखनीय देखिन्छ । सेञ्चुरी बैंकले पछिल्लो समय आफ्ना सेवाहरुलाई तराईका सुगमदेखि पहाडका दुर्गम जिल्लासम्म विस्तार गरेको छ ।
बैंकले ‘सरल बैंकिङ सबैका लागि’ भन्ने नारासहित आफ्ना बैंकिङ सेवाहरुलाई शहरदेखि गाउँसम्म फैलाउँदै आएको छ । सोही अनुसार बैंकले आफ्ना सेवाहरुलाई विभिन्न शाखाका माध्यमबाट ग्राहकमाझमा पुर्याएको छ । देशभरका विभिन्न जिल्लाका विभिन्न क्षेत्रहरुमा नागरिकको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले शाखासँगै शाखारहित बैंकिङ सेवामार्फत पनि नागरिकलाई बैंकिङ सेवा दिँदै आएको छ ।
प्रदेश नम्बर १ मा कहाँ कहाँ छन् सेञ्चुरी बैंकको शाखा ?
सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा प्रदेश नम्बर १ को भोजपुर, प्याउली शाखा, इलाम, बिर्तामोड, चन्द्रगढी शाखा, दमक शाखा र दिक्तेल शाखाबाट सेवा प्रदान गर्दै आएको छ । सेवा विस्तारकै क्रममा बैंकले प्रदेश नम्बर १ मै हलेसी, लामिडाँडा, बेलबारी, बिराटनगर हुँदै ग्रामथानमा आफ्नो सेवाहरु विस्तार गरेको छ ।
त्यस्तै बैंकले पथरी, रङ्गेली, ओखलढुंगा, फिदिम, चिचिला, खादबारी, सल्लेरी, छत्र र धरानबाट पनि आफ्नो सेवा विस्तार गर्दै आएको छ । यो सँगै बैंकले इनरुवा, इटहरी, झुम्का, मिक्वाखोला, फुङलिङव र कटारीमा पनि शाखा विस्तार गरी आफ्नो सेवाहरुलाई ग्राहकमाझमा प्रवाह गर्दै आएको छ ।
मधेश प्रदेशमा कहाँ कहाँ छन् सेञ्चुरी बैंकको शाखा ?
वित्तीय कारेबार तथा बैंकिङ सेवा प्रदानका लागि चुनौतीका रुपमा लिईने मधेश प्रदेशमा पनि सेञ्चुरी बैंकले आफ्नो राम्रै उपस्थिति देखाउन सफल भएको छ । बैंकले मधेश प्रदेशमा मात्रै १६ वटा शाखा विस्तार गरी सेवा प्रदान गर्दैै आएको छ ।
बैंकले मधेश प्रदेशका कलैयाँ, बिरेन्द्रबजार, महेन्द्रनगर, जनकपुर, बर्दीबास, गौशाला, जलेस्वर, बिरगञ्ज र बिरगञ्ज २ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ । त्यस्तै सेञ्चुरी बैंकले मधेश प्रदेशमै गरुडा, राजबिराज, गोडाईटा, लालबन्दी, मलङ्गवा, लहान र सिराहमा शाखा विस्तार गर्दै बैंकिङ सेवा दिईरहेको छ ।
बागमती प्रदेशमा कहाँ कहाँ छन् सेञ्चुरी बैंकको शाखा ?
देशको संघिय राजधानी काठमाडौंसँगै विभिन्न ठूला तथा व्यापारिक शहर रहको बागमती प्रदेशमा सेञ्चुरी बैंकले ५८ वटा शाखाबाट सेवा दिँदै आएको छ । जसमध्ये बैंकले बाखाबाजार शाखा, भक्तपुर शाखा, सुकुलढोका शाखा, भन्दरा शाखा, नारायणगढ शाखा, नारायणगढ २, पदमपुर, पतिहानी, टाँडी र धर्के शाखाबाट सेवा विस्तार गर्दै आएको छ ।
त्यस्तै, बैंकले चरिकोट, जिरी, सिंगाटी, असन, बालाजु, बल्खु, भिमशेनगोला, बौद्ध, चोभार, गौरिघाट, हात्तीगौढा, कलंकी, कपन, कोटेश्वर, मकलबारी, मन्दीखाटार, नरेफाँट, नयाँ बानेश्वर, न्युरोड, पेप्सीकोला, पुलतलीसडक, सामाखुसी, टेकु र ठमेल शाखाबाट सेवा प्रवाह गर्दै आएको छ । यतिमात्र होइन बागमती प्रदेशमा बैंकले टोखा, बनेपा, धुलिखेल, दोलालघाट, नाला, नलधुम, पनौती, साँघा, भोलढोका, गबाहल, मिनभवन, साद्धोबाटो, बज्रबाराही र भिमफेदीबाट पनि सेवा दिईरहेको छ ।
यो सँगै सेञ्चुरी बैंकले बागमती प्रदेशको चौगाढा, दमन, हात्तीसुडा, हेटौडा, मनहरी, बेलकोटगढी, मन्थली, दुधौली, कमलामाई र खुर्कोटमा पनि आफ्नो शाखा विस्तार गरेर नागरिकहरुलाई बैंकिङ कारोबारसँग जोडिरहेको छ ।
गण्डकी प्रदेशमा कहाँ कहाँ छन् सेञ्चुरी बैंकको शाखा ?
सेञ्चुरी बैंकले गण्डकी प्रदेशमा पनि आफ्नो उपस्थितिलाई उल्लेख्य रुपमा विस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशको बागलुङ, काँठेखोला, बगर, बिरौटा, पोखरा, तालचोक, बेसीसार, लेते र बेनीमा आफ्नो शाखा सञ्चालन गरिरहेको छ । त्यस्तै, चोरमारा, कावासोती, कुश्मा, वालिङ, भिमद र दुलेगौडामा पनि बैंकले आफ्नो शाखा विस्तार गरी सेवा प्रदान गरिरहेको छ ।
लुम्बिनी प्रदेशमा कहाँ कहाँ छन् सेञ्चुरी बैंकको शाखा ?
लुम्बिनी प्रदेश आफैमा पर्यटकीय र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण प्रदेशमध्येको एक हो । यही कारणले पनि सेञ्चुरी बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै गाउँ तथा विभिन्न शहरहरुमा आफ्नो सेवाहरु विस्तार गरेको छ ।
यस प्रदेशमा सेञ्चुरी बैंकले भुमिकास्थान, मालारानी, कोहलपुर, नेपालगञ्ज, बाँसगढी, गुलरिया, घोराही, छत्रकोट र कपिलवस्तुको जितपुरमा शाखा विस्तार गरेको छ । त्यस्तै बेलटारी, परासी, अमुवा, भैरहवा, बुटवल, मलङगवा, मणिग्राम र मुर्गियामा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।
कर्णाली प्रदेशमा कहाँ कहाँ छन् सेञ्चुरी बैंकको शाखा ?
भौगोलिक दृष्टीकोणले सातवटै प्रदेशमध्ये सबैभन्दा विकट प्रदेशको रुपमा रहेको कर्णाली प्रदेशमा सेञ्चुरी बैंकले पाँच ठाउँबाट आफ्नो सेवाहरु विस्तार गर्दै आएको छ । बैंकले यहाँ दैलेख, सुर्खेत, आठबिस्कोट, छिनखेत र झुलनेटा शाखाबाट आफ्नो सेवा विस्तार गर्दै आएको छ । योसँगै थप बैंकिङ शाखाको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले आफ्नो सेवा विस्तार गर्नेसमेत तयारी थालेको छ ।
सुदूरपश्चिम प्रदेशमा कहाँ कहाँ छन् सेञ्चुरी बैंकको शाखा ?
सेञ्चुरी बैंकले सुदूरपश्चिम प्रदेशमा कुल नौ स्थानमा आफ्नो शाखा विस्तार गरी सेवा प्रवाह गर्दै आएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको चौरपाटी, मेल्लेख, मार्तडी, बडीकेदार, धनगढी र लम्की शाखाबाट सेवा दिँदै आएको छ । योसँगै बैंकले कैलालीको सत्ति, टिकापुर र कञ्चनपुरको महेन्द्रनगरमा पनि आफ्नो शाखा विस्तार गरी सेवा प्रवाह गर्दै आएको छ ।
#ADVT
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी