काठमाडौं । प्रभु क्यापिटलले जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि ‘Heli Ride को सफर’ प्रभु क्यापिटलको ‘न्यानो इस्पेशल अफर’ भन्ने स्लोगन सहित निःशुल्क डिम्याट स्किम ल्याएको छ ।
यो योजना पुस १ गतेदेखि चैत्र ३० सम्म लागु हुने क्यापिटलले जनाएको छ । सो स्किममा ग्राहकहरुले १ वर्षका लागि नि:शुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्न सक्नेछन् । यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो जसमा Lottery बाट १० जना भाग्यशाली बिजेताको छनौट गरिनेछ जसले आजीवन निःशुल्क डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क Gosainkunda Heli Ride जित्ने सक्नेछन् ।
पूँजी बजारमा नयाँ लगानीकर्ता भित्रयाउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न प्रेरित गर्ने उद्वेश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।
जसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउने सक्नेछन् । प्रभु क्यापिटलको ‘न्यानो इस्पेशल अफर’ डिम्याट खाताको विशेषताहरुः
- निःशुल्क डिम्याट खाता सँगै मेरो शेयर खाता ।
- Scheme अवधिभरको हितग्राही मध्ये ‘१० जना भाग्यशाली हितग्राही बिजेतालाई आजीवन फ्री डिम्याट’।
- १ जना लाई ‘गोसाईकुण्ड Heli Ride Offer’
- अनलाईन मार्फत खाता खोल्न सकिने
- Video KYC द्वारा KYC verification हुने
- पिएमएस सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट ।
प्रभु क्यापिटल लिमिटेड नेपाली पूँजी बजारमा Video KYC मार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो जसले समयानुसारको प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आईरहेको बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्