×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता, विभिन्न सेवामा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता, विभिन्न सेवामा विशेष छुट

Artha Sarokar

१ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकहरु तथा बैंकका कर्मचारीहरुलाई काठमाडौँ क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 3D CRT सेवा, IMRT सेवा, VMAT सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनी कुमार झा र बैंकको तर्फबाट बाग्मती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका थिए । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी