×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियलमीको ब्राण्ड एम्बासडरमा निती शाह नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रियलमीको ब्राण्ड एम्बासडरमा निती शाह नियुक्त

Artha Sarokar

४ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले निती शाहलाई आफ्नो ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम् वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्ने भएकी छिन् । उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

उक्त कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘ब्राण्ड एम्बासडरको रुपमा निती शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । मानिसहरुलाई प्रभावित पार्न सक्ने उनको क्षमताले पक्कै पनि रियलमी ब्राण्डलाई अझै धेरै उपभोक्ताहरु सामु परिचित बनाउने छ भन्ने हामीले विश्वास लिएका छौं ।’

त्यस्तै गरी रियलमीकि नवनियुक्त ब्राण्ड एम्बासडर निती शाहले भनिन्, ‘रियलमी ब्राण्डको सदस्य हुन पाउँदा म एकदमै उत्साहित छु । कम्पनीको जुन डेयर टु लिप मान्यता छ, व्यक्तिगत रुपमा म आफैँ पनि यो मान्यतामा विश्वास राख्छु । मलाई यो अवसर दिएकोमा रियलमी ब्राण्ड प्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले पक्कै पनि हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी