×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको खुद नाफा ४१.९० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा (विस्तृत विवरणसहित)

PRIME CA

नेपाल बंगलादेश बैंकको खुद नाफा ४१.९० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा (विस्तृत विवरणसहित)

२८ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण विवरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा अघिल्लो वर्षको भन्दा ४१.९०% ले धेरै हो । 
अघिल्लो वर्ष बैंकले ४० करोड २५ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यस अवधिसम्म आउँदा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९८ पैसाले बढेर २६ रुपैयाँ ८९ पैसा भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ५१ पैसा रहेको छ । यता, बैंकको वितरण योग्य नाफामा ५९.६८% को गिरावट आएर ५ करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी पनि ७.४४% ले घटेको छ भने सञ्चालन नाफा भने ३९.४९% ले बढेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: