काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । लघुवित्तले ४ लाख १६ हजार १ सय ४७ कित्ता सेयर एफपिओ जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त कार्यको लागि एक कार्यक्रमका बिच महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।