Skip to content
LAXMI SUNRISE BANK

खल्तीबाट आईएमइ लाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक

अर्थ सरोकार

काठमाडौं । ‘खल्ती’ ले आईएमइ लाईफ इन्स्योरेन्सको प्रयोगकर्ताको लागि बीमा प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताहरुले प्रिमियम भुक्तानीमा १ हजार सम्मको क्यासब्याक प्राप्त गर्नेछन् ।

यो सुविधा मार्फत आईएमइ लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताले नेपालभारी जहाँबाट पनि सजिलै खल्ती बाट प्रिमियम भुक्तानी गर्न सक्नेछन्। आईएमइ लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’ बाट यसरी तिर्न सकिन्छ :

● खल्ती एप को होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्ने
● ‘आईएमइ लाईफ इन्स्योरेन्स’ छनौट गर्ने
● मागिएको विवरण भरी भुक्तानी गर्ने

उक्त सेवाका बारेमा बोल्दै ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानीलाई बसाल्न यस प्रकारको कुनै पनि वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न हामी निरन्तर काम गरिरहेका छौं। यसले उनीहरूले समय र पैसा दुवै बचत गर्न सक्ने हामी विश्वास राख्दछौं ।’

प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजारको बोनस तुरुन्तै पाउनेछन् । तर, प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्दा मात्रै बोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।

साथै, खल्तीको अर्को ठुलो अफर रहेको छ जस अन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२” टिभी जित्ने सम्भावना रहेको छ । आईएमइ लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंक बाट भुक्तानी गरी यो अफरमा सहभागी जनाउन सक्नेछन् ।

खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK