काठमाडौं । अंग्रेजी वर्ष २०२३ जनवरी १ देखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ । आइतबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्नेछन् ।
जनवरी १ बाट सञ्चालनमा आउने पोखरा अन्तराष्ट्रिय विमानस्थल फेब्रुअरी २३ देखि दैनिक १८ घण्टा सञ्चालनमा रहने विमानस्थलका निर्देशक बिक्रम गौतमले बताएका छन् । अन्तराष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।
नयाँ विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनुअघि पुरानो विमानस्थलबाट जोमसोम चल्ने साना जहाज, हेलिकप्टर र अल्ट्रालाइट चल्नेछन् । नयाँ विमानस्थल पूर्ण रुपमा आएपछि पुरानो विमानस्थल पूर्णरुपमा बन्द हुनेछ । पोखरा विमानस्थलमा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय गन्तव्यमा आवागमन गर्ने यात्रुलाई टर्मिलन र जहाजसँग जोड्न ‘प्यासेन्जर बोडिङ ब्रिज’ (एरोब्रिज)को प्रयोग गरिनेछ ।
चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले सन् २०१७ अगष्ट ११ देखि विमानस्थल निर्माण सुरु गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्