×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेरी उद्योगहरुले आफुखुसी दुधको मूल्य १४ रुपैयाँ बढाए, नियमविपरित मूल्य बढाउँदा सर्वसाधारण मर्कामा

GLOBAL IME BANK

डेरी उद्योगहरुले आफुखुसी दुधको मूल्य १४ रुपैयाँ बढाए, नियमविपरित मूल्य बढाउँदा सर्वसाधारण मर्कामा

१७ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मूल्यवृद्धिको १ वर्ष नपुग्दै डेरी उद्योगहरुले दुधको मूल्य पुनः बढाएका छन् । किसानको बाहना बनाउँदै डेरी उद्योग संघको संरक्षणमा केही डेरी उद्योगीले दुधमा प्रतिलिटर १४ रुपैयाँ मूल्य वृद्धि गरेका हुन् । जबकी राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिमा दुई/दुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न पाइने प्रावधान रहेको छ ।

सरकाले यसअघि २०७८ माघ २८ गते दुधको मूल्य ९ देखि १४ रुपैयाँसम्म बढाइसकेको छ । तर, यसपटक डेरी उद्योगीहरुले सरोकारवाला नियकासँग छलफल नै नगरी नियमविपरित आफूखुसी मूल्यवृद्धि गरेका हुन् ।

यता डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले किसानलाई तिर्नुपर्ने मूल्यमा वृद्धि हुँदा दुधको मूल्य बढेको बताएका छन् । ‘अहिले किसानलाई तिनुपर्ने दुधको मूल्यमा प्रतिलिटर १०/१२ रुपैयाँ बढेको छ’, उनले भने, ‘घाटा खाएर व्यवसाय गर्ने कुरै भएन । किसानले मूल्य बढाएपछि व्यवसायीले पनि आफैँ मूल्य बढाएका हुन् ।’

बढेको मूल्य पुस १६ गतेदेखि बजारमा लागू भएको छ । डेरी उद्योगहरुले आफुखुसी मूल्य बढाउँदा सर्वसाधारण भने मर्कामा परेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: