काठमाडौं । नेपालको तेस्रो अन्तराष्ट्रिय विमानस्थल पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विमानस्थलको उद्घाटन गरेका हुन् ।
पोखरामा आयोजित विशेष समारोहकाबीच पानसमा दिप बालेर प्रधानमन्त्री दाहालले पोखरा अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तराष्ट्रिय विमानस्थलको सुरुवातसँगै पर्यटकीय हवका रुपमा रहेको पोखराको समृद्धिमा थप बल पुग्ने बताएका छन् ।
त्यस्तै, उद्घाटन समारोहमा अर्थमन्त्री विष्णु पौडेलले पोखारा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । ‘विमानस्थलको सही र भरपुर सदुपयोग अब नयाँ एजेण्डा बनेको छ’, उनले भने, ‘पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सरकारले सहयोग गर्छ ।’
अन्तराष्ट्रि विमानस्थलको औपचारिक उद्घाटन भए पनि अन्तराष्ट्रिय उडान भने फागुन दोस्रो सातापछि मात्रै हुनेछ । विमानस्थल सञ्चालनको खुसीयालीमा आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्