काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।
पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले उक्त सामग्री कोषका उप निर्देशक रेवती रमण अधिकारीलाई हस्तान्तरण गरेका हुन् । कम्पनीले पशुपति क्षेत्र विकास कोषलाई करिब साढे पाँच लाख रुपैयाँ बराबरको सामान सहयोग गरेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।
दुई थान अक्सिजन कन्सनट्रेटर, १ र २ लिटर ह्यान्ड स्यानिटाइजर ५ सय थान, सर्जिकल मास्क ५ हजार थान र अक्सिमिटर २ थान लगायतका सामानहरू कोषलाई सहयोग गरिएको हमालले जानकारी दिइन् ।
कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ‘सञ्जीवनी इनिसिएटिभ’ कार्यक्रमको आयोजना गरि कोषलाई सहयोग गरेको हमालले बताइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्