×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्मकै ठूलो म्युचुअल फण्डको आईपिओ ‘एनआईबिएल ग्रोथ फण्ड’को आईपिओमा लगानी गर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हालसम्मकै ठूलो म्युचुअल फण्डको आईपिओ ‘एनआईबिएल ग्रोथ फण्ड’को आईपिओमा लगानी गर्ने आज अन्तिम दिन

Artha Sarokar

२१ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’को सार्वजनिक निष्काशन यहि पौष ७ गते बाट खुल्ला गरिएको थियो । हालसम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको ‘एनआईबिएल ग्रोथ फण्ड’मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सार्वजनिक निष्काशनको १४औँ दिनसम्ममा यस योजनाले कुल १६ करोड इकाई मध्ये करिब ४१ हजार बढी आवदेकहरुबाट करिब १२.३ करोड भन्दा बढि इकाईको लागी आवदेन प्राप्त गरिसकेको छ ।

वर्तमान तरलताको अवस्था तथा समग्र आर्थिक गतिविधिमा आएको सुस्तताका बाबजुद यस योजनामा आम लगानीकर्ताहले उत्साहका साथ लगानी गरिरहेका छन् । निष्काशनको अन्तिम दिनमा समेत यस योजनामा अन्य दिनहरुमाजस्तै लगानीकर्ताहरुबाट उल्लेख्य आवेदन प्राप्त हुने विश्वास योजना व्यवस्थापकले गरेको छ ।

यस ‘एनआईबिएल ग्रोथ फण्ड’को आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफल (Effective Annual Return)को रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

न्यूनतम रु १ हजार देखि अधिकतम रु १६ करोड सम्म लगानी गर्न सकिने यस योजनामा लगानीकर्ताहरुले आफ्नो सी-आश्वा खाता रहेको बैंकबाट वा मेरो शेयरमा लगईन गरि अनलाईनबाट पनि आवेदन दिन सकिन्छ ।

‘एनआईबिएल ग्रोथ फण्ड’का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी