काठमाडौं । स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले गतवर्षको मुनाफाबाट सेयरधनीका लागि २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.०५ नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
योसँगै कम्पनीले आफ्ना सेयरधनीहरुलाई १६ करोड ८३ लाख २५ हजार पाँच सय रुपैयाँ बराबरको बोनस र ६ करोड ७९ लाख २० हजार रुपैयाँ नगद बाँड्ने कम्पनीले जनाएको छ ।
कम्पनीले प्रस्ताव गरेको सो लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेसँगै र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेसँगै वितरण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्