Skip to content
LAXMI SUNRISE BANK

सोलार फार्म लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । सोलार फार्म लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरले २० करोड रुपैयाँ बराबरको कुल २० लाख कित्ता आइपीओ आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागी निष्काशन गर्ने भएको हो ।

कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सोलार फार्मका अध्यक्ष आशबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

सोलार फार्मको अधिकृत पुँजी ६५ करोड रुपैयाँ, जारी पुँजी ६५ करोड रुपैयाँ र चुक्तापुँजी ४५ करोड रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK