×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सको खुद नाफा २०६.५० प्रतिशतले वृद्धि, अन्य सूचक पनि उत्साहजनक (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

आइसीएफसी फाइनान्सको खुद नाफा २०६.५० प्रतिशतले वृद्धि, अन्य सूचक पनि उत्साहजनक (विवरणसहित)

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचक मजबुद भएको छ । बैंकको खुद नाफा २०६.५० प्रतिशतले बढोत्तरी गरी ९ करोड ३७ लाख २० हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले ३ करोड ५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी भने ५.४९% ले घटेर १० करोड २० लाख ३१ हजार रुपैयाँमा सिमित भएको छ ।तर, संस्थाको सञ्चालन नाफामा उल्लेख्य सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । संस्थाले पहिलो त्रैमास सञ्चालन नाफा १३ करोड ३८ लाख ८६ हजार रुपैयाँ गर्न सफल भएको छ । 
यो असोज मसान्तसम्ममा संस्थाले १३ अर्ब ४ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेर ८ अर्ब ४७ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । प्रकाशित विवरणमा संस्थाको खराब कर्जा भने बढेको छ । संस्थाको खराब कर्जा ०.२८% बाट बढेर ०.५३% पुगेको छ । संस्थाको कस्ट अफ फन्ड ७.९१% र बेस रेट ८.५८% रहेको छ । 
हाल यस कम्पनीको चुक्ता पुँजी ९२ करोड ६५ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३१ करोड १२ लाख ८६ हजार रुपैयाँ छ । संस्थाको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ६९ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: