काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भारतमा आयोजित १६औं ‘अटो एक्सपो २०२३’ मा सहभागिता जनाएको छ । अटो एक्सपो भारतको दिल्लीस्थित ग्रेटर नोइडाको इन्डिया एक्सपो मार्टमा पुस २९ गतेदेखि सुरु भएको थियो ।
नाडाका अध्यक्ष धुर्व थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले उक्त प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको छ । नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित १५० भन्दा बढी सदस्यले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।
प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इन्डियन म्यानुफ्याक्चरिङ एसोसिएसनले पहिलोपटक आयोजना गरेको ‘अटो ट्रेड डायलग’मा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौती र समस्याहरुका बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘नेपाल अटो मार्केट एण्ड पोलिसी ट्रेन्ड’का विषयमा विशेष प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एसोसिएसनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्बलर एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफ्नो देशको अटोमोबाइल व्यवसायका चुनौतीहरुबारे चर्चा गरेका थिए ।