काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु बिक्री वितरण गर्दै आएको डीएचआईले छोटो समयमै नेपाली ग्राहकमाझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको दाबी गरेको छ ।
नेपाली बजारमा लामो समयदेखि सेटटप बक्समात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा बिक्री वितरण गर्न थालेको हो ।
पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई विस्तारसँगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र बिक्री वितरण गर्नका लागि ताइवानको स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजी पार्टनरका रुपमा भित्र्याउन डीएचआई सफल भएको छ ।
यो सम्झौतापश्चात डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्को स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।