×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समस्या लिएर प्रधानमन्त्री निवासमै पुगे मिटरब्याज पीडित, प्रधानमन्त्रीले भने- ‘तपाईहरुको समस्या म समाधान गर्छु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समस्या लिएर प्रधानमन्त्री निवासमै पुगे मिटरब्याज पीडित, प्रधानमन्त्रीले भने- ‘तपाईहरुको समस्या म समाधान गर्छु’

Artha Sarokar

६ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मिटरब्याज पीडितका समस्या समाधानका लागि यथाशीघ्र पहल गर्ने बताएका छन् । आफ्नै निवासमा मिटरब्याजी पीडितहरुसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानसँग प्रधानमन्त्री दाहालले भेट गरेका थिए । पीडित किसानसँगको भेटमा प्रधानमन्त्रीले यस समस्यालाई आफूले समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौँ’, प्रचण्डले भने, ‘मिटरब्याजी समस्याले हजारौँ किसान पीडित भएका छन्, यसलाई मैले राम्रोसँग बुझेको छु, यसपटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी