काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बैंकको वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा योगदान गर्नुपर्ने बताएका छन् । ‘अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न बैंकको भूमिका सकारात्मक रहेको छ’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्छ ।
अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंकले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्नेमा जोड दिए । उनले भने, ‘संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टचारमुक्त र शून्य सहनशीलता नीति अपनाउनपर्छ ।’
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासका लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यान्वयन गर्ने गरेको बताए । उनले अहिले निजी क्षेत्रका बैंकहरुको मर्जरले लिएको गतिले बैंकहरुको आकार बढिरहेको अवस्थामा आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जका लागि आपसमा कुरा गर्न सकिने बताए ।
बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरणसम्बन्धी नीतिहरुको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायहरुको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङसेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाका बारेमा जानकारी गराए। उनले आईटी इन्ह्यान्समेन्ट रोडम्यापको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउने, बैंकका सम्पूर्ण प्रक्रिया, कार्यविधि एवं पद्धतिहरुलाई सूधार गरी बैंकलाई हरेक पक्षबाट सुदृढ बनाउन बिजनेस प्रोसेस रिइन्जिनियरिङको कार्यलाई अगाडि लगिने बताए ।
श्रेष्ठले बैंकको ग्राहक सेवामा पनि अझ सुधार ल्याउने र सरकारी स्वामित्वका संस्थाहरुप्रतिको जनमानसमा रहेको नकारात्मक छवि र सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैंकलाई हरेक पक्षबाट सुदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताए ।
कार्यक्रममा मन्त्री पौडेलले परिष्कृत गरिएको बैंकको मोबाइल बैंकिङलाई आरबीबी डिजिटल संसार एपको शुभारम्भ गरेका थिए । बैंकको ५८औँ वार्षिककोसवका अवसरमा प्रकाशित विशेषांक स्मारिका उपहार–२०७९ पनि उनले विमोचन गरे । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ठ शाखा कार्यालय, सर्वोत्कृष्ट, उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्