×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटन प्रर्वद्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

PRIME CA

पर्यटन प्रर्वद्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

१६ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पर्यटन प्रर्वद्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो । सो प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘कर्पोरेट गल्फ मार्फत मुलुकका उद्यमी व्यवसायीलाई एकै ठाउँमा जोड्न सकिन्छ । गल्फ मार्फत आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न पनि महत्वपुर्ण सहयोग पुग्छ भन्ने मैले अपेक्षा गरेको छु । ’ गल्फ खेल मार्फत पर्यटन विकास पनि हुने भएकाले देशव्यापी बनाउन आवश्यक रहेको अध्यक्ष मल्लको भनाई रहेको छ । गल्फ खेलले शारीरिक विकास र मनोरञ्जनसंगै मानसिक स्वास्थ्यमा पनि सहयोग पुर्याउने भएकाले यसलाई ब्यापक बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

रोयल नेपाल गल्फ क्लवसंगको सहकार्यमा चेम्बरले आगमी वर्ष पनि गल्फ प्रतियोगितालाई निरन्तरता दिने उनले बताएका थिए । गल्फ क्लवका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकास मार्फत पर्यटन प्रर्वद्धन गर्न सकिने बताए । यसका लागि निजी क्षेत्रको सबै भन्दा पुरानो संस्था चेम्बरसंग १ सय वर्ष भन्दा पुरानो इतिहास बोकेको रोयल नेपाल गल्फ क्लव सहकार्य गर्न तयार रहेको उनको भनाई छ ।

शनिवार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले सम्मान समेत गरेका थिए । पुरुषतर्फ नीतिममनी राज भण्डारी ४० उच्च स्कोर सहित पुरस्किृत भए । महिलातर्फ ३२ स्कोर सहित आर्सिया बानु पुरस्कृत भइन् । यस्तै चेम्बरको आमन्त्रित समूह तर्फबाट कान्तिपुर दैनिकका सहायक म्यानेजर किशोर बस्नेत ३५ स्कोर सहित पुरस्कृत भए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: