काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बर्तमान अवस्थामा मुलुकमा देखिएको समस्या समाधानका लागि नीतिगत रुपमा सच्चिनुपर्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)को आयोजनामा सञ्चालित ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले अहिलेको आवश्यकता नीतिगत सुधार रहेको बताएका हुन् ।
पछिल्ला दिन तरलता संकट केही सुध्रिएको भए पनि आर्थिक संकट कायमै रहेकोले बेलैमा सुध्रिनुपर्ने अर्थमन्त्री पौडेलले बताए । ‘अहिले हामी जोखिममै छौँ । समस्या पूर्ण रुपमा समाधान भईसकेको छैन । तर, अब पनि सच्चिएनौँ भने स्थिति सहज नहुन सक्छ’, उनले भने, ‘नीतिगत सुधार र अर्थतन्त्र ट्रयाकमा ल्याउन अर्थमन्त्रालयले राष्ट्र बैंकमाथि हस्तक्षेप गर्दैन तर गभर्नरसँग छलफल चाहिँ गर्छौं ।’
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताएका छन् ।
त्यस्तै, आगामी आर्थिक वर्षको बजेट निर्माणको काम सुरु भइसकेको र सरकारले नीतिगत फड्को (पोलिसी डिपार्चर) लाई केन्द्रमा राख्दै वास्तविकतामा आधारित बजेट ल्याउने पौडेलले बताए । ‘आगामी आर्थिक वर्षको स्रोतको अनुमान र बजेटको आकारमाथि छलफल सुरु भइसकेको छ । अहिलेकै अवस्थामा अघि बढ्ने नभई पोलिसी डिपार्चर आवश्यक छ भनेर विभिन्न क्षेत्रबाट सुझाव आइरहेका छन्’, उनले भने, ‘त्यसमा विशेष ध्यान दिएर बजेटको आकारमा यथार्थपरकता खोज्नेछौँ ।’
सरकारले अहिले चालु खर्च कटौतीको नीति लिएको र यो पर्याप्त नरहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ । त्यस्तै, उनले बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलनमा पनि सरकारले लक्ष्य भेटाउन नसकेको उल्लेख गर्दै यसमा पनि गम्भीर समीक्षा गर्ने बताएका छन् । ‘राजस्व सङ्कलनमा यो वर्षको लक्ष्य भेटाउन नसकेको मात्र होइन गत वर्षको भन्दा न्यून राजस्व उठेको छ’, उनले भने, ‘यसमा गम्भीर समिक्षा हुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्