×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ मन्त्रालयले १० सहसचविको कार्य विभाजन गर्यो, बजेटको जिम्मेवारी धनीराम शर्मालाई,कसले के पाए ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थ मन्त्रालयले १० सहसचविको कार्य विभाजन गर्यो, बजेटको जिम्मेवारी धनीराम शर्मालाई,कसले के पाए ?

२० माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थ मन्त्रालयले १० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रीपरिषद्को बैठकबाट सरुवा भएर अर्थ मन्त्रालय आएका १० सहसचिवहरुको जिमेवारी तोकेको हो ।

यसरी सरुवा भएर अर्थ मन्त्रालय आएका श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बनेका छन् भने धनीराम शर्माले बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखकको जिमेवारी पाएका छन् ।

त्यस्तै, वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी झक्कप्रसाद आचार्यले पाएका छन् । यता प्रशासन महाशाखा प्रमुखमा लक्ष्मीप्रसाद निरौला आएका छन् भने इश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा आएका छन् ।

त्यस्तै, रितेकुमार शाक्य र सुमन दाहाल क्रमशः राजस्व व्यवस्थापन महाशाखा प्रमुख र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा आएका छन् । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुखमा कमलप्रसाद भट्टराई आएका छन् भने सेवन्तक पोखरेलले भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी