×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकको १३औं साधारणसभा सम्पन्न, अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ सर्वसम्मत चयन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिन्धु विकास बैंकको १३औं साधारणसभा सम्पन्न, अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ सर्वसम्मत चयन

Artha Sarokar

२९ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिन्धु विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारण माघ २७ गते शुक्रबार होटल सारथी, धुलिखेल, काभ्रेमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको संस्थापक सेयरधनिको तर्फबाट आगामी ४ वर्षको लागी संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल तथा कर्मचारी संचयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेश कुमार केसी निर्विरोध निर्वाचित भएका छन् ।

सोही दिन सम्पन्न संचालक समितिको बैठकद्धारा बैंकका अध्यक्ष पदमा आगामी ४ बर्षका लागी राजेन्द्र कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको समेत बैंकले जनाएको छ ।बैंकले आगामी दिनमा बागमती प्रदेशकै उत्कृष्ट विकास बैंकका रुपमा स्थापित गर्ने र अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई स्थापित गर्ने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले सभामा जानकारी गराएका थिए ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ ईकाइबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ, एससीटि डेबिट कार्ड, SMS Banking, QR Code, C-ASBA, Connect IPS, RTGS लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी