×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक करोड एक लाखको दाबी भुक्तानी

PRIME CA

नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक करोड एक लाखको दाबी भुक्तानी

अर्थ सरोकार

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्सले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा उपमहानगरपालिका वडा नं. १७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको मिति २०७९/१०/०१ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा असामायिक निधन भएको थियो ।

बालाजु शाखामा आयोजित एक कार्यक्रमकाबीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

आफ्नो जीवनकालमा स्व: संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बालाजु शाखा कार्यालयबाट मिती २०७९/०५/२९ गते ५० लाख बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएकी थिइन् । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख र दुर्घटना मृत्यु दावी बापत ५० लाख गरी कुल १ करोड १ लाख इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ ।

२०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १५०.८५ अर्ब रुपैयाँ र सेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीले ग्राहकहरूको हितलाई ध्यानमा राखी समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: