काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अव मात्र २ हजार ९ सय ९९ रुपैयाँमा जडान गर्न सकिने भएको छ । यो छुट योजना सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ । डिशहोमका डिलरहरु मार्फत ‘फण्ड ट्रान्सफर’ तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा पनि भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद रु एक लाख उपहार जित्न सक्नेछन् ।
यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिने भएको छ । डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर , वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा रु. १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत बोनस र रु. २००० को रिचार्जमा २० प्रतिशत बोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना बोनस प्राप्त गर्न सकिनेछ ।
नेपालभर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी थप बोनस योजनामा सहभागिता जनाउन सक्नेछन् । साथै रिचार्ज कार्ड बाट बोनस प्राप्त गर्न सकिनेछ । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।