काठमाडौं । जीवन विकास लघुवित्तले ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको फागुन ६ गते बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबटा सेयरधनिहरुलाई २८ प्रतिशत बोनस सेयर र करसहित ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
गत वर्ष लघुवित्तले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८५ लाभांश वितरण गरेको थियो ।