×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकका ऋणीले लघुबित्तबाट ऋण लिन नपाउने, एक ऋणीले एक लघुबित्तबाट मात्र ऋण पाउने

PRIME CA
GLOBAL IME BANK

बैंकका ऋणीले लघुबित्तबाट ऋण लिन नपाउने, एक ऋणीले एक लघुबित्तबाट मात्र ऋण पाउने

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई अन्य बैंक तथा वित्तीय संस्थाका ऋणीमाथि कर्जा लगानी नगर्न निर्देशन दिएको छ । बुधबार राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि एकीकृत निर्देशन, २०७८ को संशोधन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

एउटै लघुवित्तबाट एकभन्दा बढी ग्राहकले ऋण लिँदा लघुवित्तको सिस्टम बिग्रिएको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले अब नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एक मात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने  व्यवस्था गरेको हो ।

योसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुलाई पनि लघुवित्तले कर्जा दिन नपाउने व्यवस्था गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताएका छन् ।

‘एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्नेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।’– निर्देशिकामा उल्लेख गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: