काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार २ सय ८४.७३ रुपैयाँको २० प्रतिशतले कायम हुन आउने ८ करोड २९ लाख २ हजार ६ सय ५६.९५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्तिको सिफारिस तथा वित्तीय संस्थाले एक वा एकभन्दा वढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनार्थ सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी समेत सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ ।