×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा १५ % सम्म छुट हुने, भारतमा रहेका नेपालीलाई फाइदै-फाइदा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा १५ % सम्म छुट हुने, भारतमा रहेका नेपालीलाई फाइदै-फाइदा

Artha Sarokar

१४ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंक र मेदान्त- द मेडिसिटी अस्पतालबीच सम्झौता भएको छ । आफ्ना कार्डबाहक ग्राहकलाई लक्षित गर्दै सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेगरी सिटिजन्स बैंक र मेडिसिटी अस्पतालबीच समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । अस्पतालसँगको उक्त सम्झौताले भारतको मेदान्त- द मेडिसिटी अस्पतालमा उपचारका लागि जाने ग्राहकहरुलाई उपचारमा थप सहज हुने बैंकले विश्वास लिएको छ । बैंकका अनुसार यसअघि उक्त अस्पतालसँग भएको सम्झौता अनुरुप बैंकका थुप्रै ग्राहकहरु लाभान्वित बनिसकेका छन् ।

अस्पतालसँग गरिएको सम्झौताअनुसार यो सुविधा बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो सुविधा विगत तीन वर्षदेखि निरन्तर रुपमा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी