×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन (फोटो-कथा)

१५ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन गरिएको छ । वि.सं. २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण भएको अनामनगरस्थित सो भवनको सोमबार पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

भवन उद्घाटनका क्रममा पूर्वमन्त्री पाण्डेले यो कदमले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ बन्ने बताएका छन् । ‘नेपाल र भारत छिमेकी मात्र होइनन् सुख, दुःखका साथी पनि हुन् । विगत लामो समयदेखि दुवै देशबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ ।’, उनले भने, ‘यस्ता सहयोगले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ र आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध यस्तै रहनेछ ।’

त्यस्तै, नेपालका लागि भारतीय राजदुत श्रीवास्तवले नेपालको समृद्धिका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् । नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भारत सरकारबाट सहयोग निरन्तर रहने प्रतिबद्धता गर्दै उनले आगामी दिनमा पनि दुवै देशबीच सुमधुर सम्बन्ध स्थापित गर्न आवश्यक भूमिका खेल्ने समेत बताएका छन् ।

मदन भण्डारी मेमोरियल कलेजको तीन तलाको भवनमा ३० कोठा छन् । तस्विरमा हेर्नुहोस् भवन् उद्घाटन समारोहका झलकहरुः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: