×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफको बीमा शुल्क क्यूआरबाट भुक्तानी गर्न सकिने

अर्थ सरोकार

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार

PRIME CA

नेशनल लाइफको बीमा शुल्क क्यूआरबाट भुक्तानी गर्न सकिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा शुल्क अव क्युआर मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोन पे नेटवर्कमा आवद्ध वित्तिय संस्था इसेवाको माध्यामबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमा शुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक शुरुवात गरिएको छ ।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: