×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहसिक पर्यटनको गन्तव्य द क्लिफमा प्रभु बैंकको एटीएम संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साहसिक पर्यटनको गन्तव्य द क्लिफमा प्रभु बैंकको एटीएम संचालन

Artha Sarokar

१६ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटीएम सेवा सुरू भएको छ ।

सोमबार द क्लिफका निर्देशक युवराज जोशीले एक समारोहकाबीच एटीएम उद्धघाटन गरेका हुन् । एटीएम उद्धघाटनमा क्लिफका प्रतिनिधिहरूका साथमा प्रभु बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

एटीएम उद्धघाटन गर्दै निर्देशक जोशीले पर्यटकहरूको सहजताका लागि एटीएम सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले सहकार्यका लागि प्रभु बैंकलाई धन्यवाद समेत दिएका थिए । द क्लिफमार्फत राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा जीपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय द क्लिप साहसिक पर्यटनको मुख्य गन्तव्यको रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी