Skip to content
LAXMI SUNRISE BANK

रिलायबल नेपालद्वारा जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ थान सडक डिभाइडर सहयोग

अर्थ सरोकार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फागुन १६ गते जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ ।

कम्पनीले सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागी सडक डिभाइडर सहयोग गरेको जनाएको छ । उक्त हस्तानतरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धी विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यसले धेरै सहयोग पुग्ने बताएका थिए ।

साथै, कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुर लाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी भएको बताएका थिए ।

त्यस्तै, कम्पनीले आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने समेत बताएका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको दावी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK