काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था बावियाचौर म्याग्दी शाखाले छात्रवृत्ति वितरण गरेको छ । लघुवित्तले ग्राहक सदस्यहरुका छोरा छोरी मध्येबाट २०७८ सालको माध्यामीक तहको परीक्षामा उत्कृष्ट अंक ल्याउने एक जना छोरा र एक जना छोरी लाई १० हजारका दरले छात्रवृत्ति वितरण गरेको हो ।
मंगला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष घन बहादुर खातीको प्रमुख आतित्थ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा थाईबाङ्ग महिला समुहकी सदस्य शुशिला पुनकी छोरी जेनिशा पुन र डांडाखेत महिला समुहकी सदस्य मसिना दर्जिको छोरा विग्नेश परीयारले उक्त पुरस्कार पाउन सफल भएका थिए । कार्यक्रममा उत्कृष्ट छात्र र छात्रा दुबैलाई खादा सहीत सम्मान गरीएको थियो ।
हरेक वर्ष संस्थाले आफ्ना १८५ शाखा कार्यलयका ३७० जना उत्कृष्ट अंक ल्याउने सदस्यका छोरा छोरीहरुलाई जनही दश हजारका दरले छात्रवृत्ति वितरण गर्ने गरेको छ । बालबालीकालाई उच्च शिक्षामा उत्प्रेरीत गर्न र हौसला प्रदान गर्न विगत देखी उक्त कार्यक्रम गर्दै आईरहेको जनाएको छ । विगत तिन दशक देखी सामाजिक तथा आर्थिक रुपमा समाजलाई सवल बनाउन निरन्तर लागि रहेको संस्थाले हाल कर्जा १० प्रतिशत देखी १५ प्रतिशत सम्म ब्याज लिएर बिनाधितो ५ लाख सम्म र धितोमा आधारीत अधिकतम ७ लाख सम्म कर्जा लगानी गरी रहेको छ ।
संस्थाले दलित, अपाङ्ग, एकल महिला, द्धन्दपिडीतका लागी १ प्रतिशत ब्याज कम लिने गरेको जनाएको छ । साथै, बचतमा अधिकतम १२.५५ प्रतिशत सम्म ब्याज दिने गरेको जनाएको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित ,उत्पीडित, पिछडीएको बर्गका महिलाहरुलाई विनाधितो सामुहिक जमानीमा कर्जा लगानी गर्ने र ग्राहक सदस्यहरुलाई सुत्केरी स्याहार खर्च ,प्रकृती प्रकोप, बाढी पहिरो आगलागी, भुकम्प, हावाहुरी आदीबाट प्रभावीत लाई राहत प्रदान गर्नुका साथै घातक रोग लागेमा आर्थिक सहयोग, तथा विधालयमा अक्ष्ययकोष खडा गरी गरीव जेहेन्दार बिध्यार्थीलाई छात्रबृती बितरण जस्ता सामाजिक उत्तरदायित्व अन्तर्गका कार्यहरु गर्दै आईरहेको छ ।
हाल संस्थाले देशका ७७ जिल्लाका ५४९ स्थानीय निकाएमा १८५ शाखा कार्यालय मार्फत आफ्ना सेवाहरु प्रदान गरी रहेको छ । जसमा Mobile Banking, Internet Banking ,ABBS सेवा Esewa, रेमिट्यान्स सेवा , विभिन्न किसीमका भुक्तानीहरुका साथै बचतमा उच्चतम प्रतिफल दिएर लघुवित्तमै फरक पहिचान बनाउन सफल भएको कम्पनीले दावी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्