×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोममा १ वर्षको रिचार्ज गर्दा रामजी प्रसाद र राजेन्द्र भण्डारीले जिते एक लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिशहोममा १ वर्षको रिचार्ज गर्दा रामजी प्रसाद र राजेन्द्र भण्डारीले जिते एक लाख

Artha Sarokar

१९ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै, यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु. एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । यसै क्रममा भिमसेन थापा गाउँपालिका २, का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले जनही एक लाख रुपैयाँ जितेका छन् ।

डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन्। डिशहोमको तर्फबाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । विजेताहरु लाई बधाई दिंदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाईलो टिभी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी