×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिकले नारी दिवसको अवसरमा फिमेल वेलनेस प्याकेजमा भारी छुट दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नर्भिकले नारी दिवसको अवसरमा फिमेल वेलनेस प्याकेजमा भारी छुट दिने

Artha Sarokar

१९ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ ।

निजी क्षेत्रबाट अन्तराष्ट्रिय स्तरको गुणस्तरीय उपचार सेवा दिँदै आएको नर्भिक हस्पिटलले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो । नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरुमा नर्भिकले ६ मार्चदेखि १३ मार्चसम्मका लागि १५ प्रतिशत छुट दिने भएको छ ।

सो अवधिमा महिलाहरुको स्तनको जाँचका लागि गरिने विशेष एक्सरे(म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ । यस्तै, नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने गरी अर्को स्किम समेत सार्वजनिक गरेको छ ।

यो स्किम पनि मार्च ६ देखि १३ सम्म नै रहने अस्पतालले जनाएको छ । यी सबैखालका स्किमहरुमा उपलब्ध छुटको सेवा ७ दिन(६ मार्चदेखि १३ मार्चसम्म) मात्र रहने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी