×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल मनी विकको अवसरमा सनी सेक्यूरिटिजद्वारा मार्जिन ट्रेडिङ सम्बन्धी तालिम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल मनी विकको अवसरमा सनी सेक्यूरिटिजद्वारा मार्जिन ट्रेडिङ सम्बन्धी तालिम सम्पन्न

Artha Sarokar

१३ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनी सेक्यूरिटिजले चैत्र १० गते चितवन स्थित बालकुमारी कलेज र प्रेसिडेन्सी कलेजमा मार्जिन ट्रेडिङ सम्बन्धी तालिम सफलताका साथ सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२३ को ‘Plan your money, Plan your future’ भन्ने विषयवस्तुलाई सम्बोधन गर्ने गरी बिहान ७ देखि ९ बजेसम्म बालकुमारी कलेजमा र बिहान ९:३० देखि ११:३० सम्म प्रेसिडेन्सी कलेजमा सञ्चालन गरिएको तालिममा कुल एक सय ६ जनाको सहभागिता रहेको थियो।

उक्त तालिम कार्यक्रमहरूमा आधारभूत विश्लेषणका अनुपातहरू, मार्जिन ट्रेडिङ, म्युचुअल फण्ड तथा ऋणपत्र, सेयर बजारका जोखिम तथा जोखिम न्यूनीकरण लगायतका विषयहरूको चर्चा गरिएको थियो । कार्यक्रम विशेष गरी दोस्रो बजारमा लागिसकेका तथा सेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए ।

साथै, साइन्टिफिक विजनेश हव प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, युवाहरूमा आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई सानै देखि आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले यस्ता तालिम कार्यक्रमहरू आयोजना गर्दै आएकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी