Skip to content
LAXMI SUNRISE BANK

इसेवाबाट लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको शुभ लक्ष्मी कोषको भुक्तानी सजिलै गर्न सकिने

अर्थ सरोकार

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना र युनिट खरिद दुवै इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

इसेवा एप तथा वेबपेजमा रहेको फाइनन्सियल सर्भिस भित्र गएर इन्भेस्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फन्डको एसआईपी/युनिट पर्चेज खरिद गर्न सकिने छ । एसआईपी/युनिट पर्चेज खरिद गर्न क्यापिटलमा दर्ता नभएका ग्राहकहरुलाई इसेवा मार्फत नै रजिस्टर गर्न मिल्ने गरी सो सेवा उपलब्ध गराइएको छ ।

साथै इसेवा र इसेवा रेमिटले यूकेएआईडी एसईपी-सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा आबद्ध नेपालीहरुलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।

उक्त कार्यक्रम अन्तर्गत, वैदेशिक रोजगारमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सलाई सहज रुपमा लगानी गर्न शुभ लक्ष्मी कोषको एसआईपी/युनिट पर्चेज उपयोगी हुने विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK