×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

Artha Sarokar

२३ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । चैत्र २२ गते सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रमकाबीच सेन्ट जेभियर्स कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर डा. अगस्टिन थोमस एस.जे. ले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप-प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी