Skip to content
LAXMI SUNRISE BANK

‘स्थानीय पालिकाहरुको काम कार्यकर्ता भर्ती र जनतालाई करको भार बोकाउने मात्रै भयो’- सांसद सिंह

अर्थ सरोकार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बहादुर सिंहले देशभरका स्थानीय पालिकाहरु कार्यकर्ता भर्तीकेन्द्रका रुपमा स्थापित भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले स्थानीय पालिकाहरुको काम कार्यकर्ता भर्ती गर्ने र जनतालाई करको भार बोकाउने मात्रै भएको बताएका छन् ।

‘देशभरका पालिकाहरुको काम जनतालाई करको भारी बोकाउने र कार्यकतो भर्ती गर्ने मात्रै भयो । यो बाहेक स्थानीय पालिकाको अरु काम केही पनि भएन ।’, उनले भने, ‘वर्षौंदेखि लालपूर्जाबिहीन भएका जनतालाई राज्य भएको आभाष गराइयोस् ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK