×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको १६औं वार्षिकउत्सवको अवसरमा आकर्षक छुट योजनाहरु सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंकको १६औं वार्षिकउत्सवको अवसरमा आकर्षक छुट योजनाहरु सार्वजनिक

Artha Sarokar

३० चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिजिटल बैंकिङलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकको बैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले बैशाख १ गते देखि बैशाख ७ गते सम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न क्यास लेस कारोबारमा भारी छुट र क्यासब्याक लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस(POS) मेसिन र अनलाईन मार्फत एक हजार वा बढीको कारोबार गर्दा १६% वा बढिमा २ सयसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।

यसैगरी क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १६% वा बढिमा दुई सय सम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।

त्यसैगरि बैंकले पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधिभर ग्राहकहरुको लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको छ । साथै, बैंकका निष्कृय खाता भएका ग्राहकहरुलाई समेत खाता सक्रिय गरि कार्ड वा मोबाइल बैंकिङ मार्फत ५ सय वा बढीको कारोबार गर्दा एकमुष्ठ २ सय सम्म क्यासब्याक प्रदान गरिने योजना सार्वजनिक गरेको छ ।

यस्ता नगद रहित कारोबारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहकवर्गहरुलाई समेत लाभ पुग्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम,३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी