×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेड र लभ कुश इनोभेसनबीच सम्झौता, मासिक किस्तामा सजिलै मेसिनरी सामाग्रीहरु खरिद गर्न सकिने

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक लिमिटेड र लभ कुश इनोभेसनबीच सम्झौता, मासिक किस्तामा सजिलै मेसिनरी सामाग्रीहरु खरिद गर्न सकिने

५ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेड र लभ कुश इनोभेसन प्रालिबीच सम्झौता भएको छ । सम्झौता भएसँगै बैंकका क्रेडिट कार्ड वाहकहरूले अब लभ कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सक्नेछन ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत लभ कुश इनोभेसनमा पाइने विभिन्न वस्तुहरूको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने प्रावधान गरेको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: