×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अस्थिर राजनीतिले नागरिक मन्दिको दुशचक्रमा फसे, सुधारका लागि उद्योगीको सहयोग चाहिन्छ’- आपूर्तीमन्त्री रिजाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘अस्थिर राजनीतिले नागरिक मन्दिको दुशचक्रमा फसे, सुधारका लागि उद्योगीको सहयोग चाहिन्छ’- आपूर्तीमन्त्री रिजाल

Artha Sarokar

६ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमाथि देखापरेको दबाब कम गर्न उद्योगी व्यापारीको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । उनले राजनीतिक अस्थिरता, कोरोना महामारी र रसिया-युक्रेन युद्धका कारण आर्थिक मन्दीको दुशचक्रमा फसेको नेपाललाई सहज अवस्थामा ल्याउन नेपाली उद्योगपति व्यापारीको सहयोग अति नै आवश्यक रहेकोे बताएका छन् ।

वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले मुलुकको आवश्यकतालाई १२ महिनासम्म धान्न सकिने विदेशी मुद्राको सञ्चिति भए पनि विश्व मन्दिका कारण अर्थतन्त्रमाथि दबाब परेको गरेका छन् ।

मन्त्री रिजालले उद्योगी, व्यापारी, राष्ट्र सेवक, राजनीति दल सबै पक्ष एकजुट भइ समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए । उनले उद्योग व्यापारका क्षेत्रमा विविध समस्या छन् र ती समस्यालाई ऐन कानुन संशोधन गरेर भए पनि सम्बोधन गर्न नेपाल सरकार तयार रहेको जानकारी दिएका छन् । उद्योग व्यापारको विकास विना नेपाल र नेपाली समृद्ध हुन नसकिने भएकाले यी क्षेत्रमा देखिएको समस्यालाई चाँडोभन्दा चाँडो सम्बोधन गर्न उद्योगी व्यापारी र राष्ट्र सेवकको संयुक्त समूह नै गठन गर्न आफू तयार रहेको मन्त्री रिजालले बताए ।

मुलुकभित्र समस्या धेरै भए पनि वर्तमान सरकार पाँच वर्ष टिक्ने र देखिएको समस्यालाई विस्तारै भए पनि हल गर्दै जाने मन्त्री रिजालले विश्वास व्यक्त गरे । उनले समस्या नै समस्याको चाँड रहेको वर्तमान अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न सबै क्षेत्र सकारात्मक हुन आवश्यक रहेको विचार व्यक्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी